जापानिज भाषा सिक्ने बारेमा
1. कार्यक्रमको बारेमा
- KICC एक यस्तो संस्था हो, कि कोवेमा बसोबास गर्ने विदेशी नागरिकहरुका लागि अझै प्रभावकारी रुपमा बसोबासको सहजिकरणको लागि सहयोग तथा समर्थन गरि, जापानि नागरिक र विदेशी नागरिक एक अर्काको बिचमा अन्तर्राष्ट्रिय आदान प्रदान गर्न सक्दछन्। यो परियोजनाको मुख्य उद्देश्य भनेको, हामिलाई दैनिक जिवनमा आवश्यक पर्ने जापानिज भाषा तथा संस्कृतिको बारेमा KICC सपोर्टर(स्वयंसेवक) संग अध्ययन गरि, जापानजिज भाषा तथा संस्कृति बुझ्नु रहेकोछ।
2. लागत
- निःशुल्क
3. आवेदन सर्तहरु
-
१५ बर्ष भन्दा माथिका कोवेसि मा बसोबास गर्ने विदेशी नागरिक वा जापानिज भएपनि विदेशमा जन्म भई पछि जापानमा फर्कि आएको बच्चाहरु र आफ्नो राष्ट्रियता त्यागि पछिबाट जापानि नागरिक भएको व्यक्ति जस्लाई जापानि भाषा अध्ययनको आवश्यक छ।
※ १८ बर्ष भन्दा कम उमेरकाहरुले, अभिभावक (परिवार या होस्ट परिवार आदि)को सहमतिमा आवेदन दिनुहोस्। आवेदन फारमको आपतकालिन सम्पर्कको ठाउँमा टेलिफोन नं. लेख्न नछुटाउनुहोस्।
- हप्तामा १ पटक, ६ महिनासम्म गतिविधिहरु जारि राख्न सक्नेहुनु।
-
KICC को नियम पालना गर्नसक्ने र सिक्न र स्वतन्त्र रूपमा काम गर्न प्रेरित हुनु।
※ आवेदन दिनुभएपनि, सपोर्टर/ समर्थकहरु भेटाउन नसक्ने पनि हुनसक्छ।
4. आवेदन
- जाइर्यू कार्ड भएको व्यक्ति (भिषाको आवेदन दिनुभएकाहरुले कार्ड पाइसकेपछि मात्र दर्ता गर्न आउनुहोला)
- सोम.~ शुक्र. १० बजे ~ १२ बजे, १३ बजे ~१७ बजे भित्र KICC सिननागाता कार्यलय (४औं तला) मा आउनुहोस्।
- आवेदन फर्म भरेपछि, कर्मचारीहरुले तपाइँसंग भेट गर्नेछन्।
5. कक्षा(पाठ)
- कक्षा चाहिँ तपाई र समर्थकको सहमति अनुसार हुनेछ।
- कक्षा KICC मा हप्तामा १ पटक २ घण्टा, र समय अवधि चाहिँ ६ महिनाको हुनेछ।
-
कक्षा संञ्चालन १ बर्षमा ४ पटक हुनेछ।
अप्रिल (सेप्टेम्बरमा सकिने) / जुलाई (डिसेम्बरमा सकिने) / अक्टोबर (मार्चमा सकिने) / जनवरी (जूनमा सकिने) -
अध्ययन गर्न सकिने ठाउँ, दिन र समय तलबाट छनोट गर्नुहोस्। प्रत्येक हप्ता एउटै ठाउँ, दिन र समयमा गर्नेछौँ।
〔Shin-Nagata〕
सोमबार: 10:00/12:00/14:00/16:00/18:00
मंगबार: 10:00/12:00/14:00/-----/18:00
बुधबार: -----/ -----/-----/-----/18:00
शुक्रबार: 10:00/12:00/14:00/16:00/18:00
〔Sannomiya〕
मंग: 10:00/12:00/14:00/16:00/18:00
बिहि: 10:00/12:00/14:00/16:00/18:00
शनि: 10:00/12:00/14:00/16:00 - पाठको बारेमा तपाई र सपोर्टरबिचको परामर्श पश्चात निर्णय गरिनेछ।
- ६ महिनाको पछि फेरि अध्ययनको आवेदन दिन सकिनेछ। तर एउटै व्यक्ति चाहिँ हुँदैन।
- व्यवसायिक अध्ययन गर्न चाहिँसकिनेछैन।
6. KICC सहयोग
- KICC समर्थक भनेको तपाईको अध्ययनमा सपोर्ट गर्ने स्वयंसेवक हुन।
- तपाईले समर्थक छनोट गर्नसक्नुहुन्न।
7. व्यक्तिगत जानकारीको बारेमा
- दर्ता गरिएको व्यक्तिगत जानकारी कुनै अन्य उद्देश्य को लागी प्रयोग गरिने छैन।
- दर्ता फारममा लेखिएको ईमेल ठेगानामा KICC बाट सूचनाको ईमेल चाँहि पठाउन सकिनेछ।
- समर्थकको खोजीको बेलामा, तपाईँको जानकारि, समर्थकले मात्र हेर्नमिल्ने वेबसाइटमा पोष्ट गर्नेछौं। नाम, ठेगाना, फोन नं., ईमेल ठेगाना जस्ता व्यक्तिगत जानकारिको कुराहरु पोष्ट गर्नेछैनौं।
सम्पर्क
Shin-Nagata Office
〒653-0036
Asta Kunizuka 1-Bankan, South Building 4F 5-3-1, Udezuka-cho, Nagata-ku, Kobe
TEL: 078-742-8705
रिसेप्शन समय:weekday 10:00-12:00、13:00-17:00 (शनि,आई,रा.बिदाहरु,बर्षको अन्त्य र नयाँ बर्ष बिदाहरु बाहेक)